Friday, June 12News That Matters

राष्ट्रिय फुटबल टिमको सहायक प्रशिक्षकमा प्रवेश कटुवाल नियुक्त

पूर्णपुष्टि, चैत १ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले राष्ट्रिय फुटबल टिमको सहायक प्रशिक्षकमा प्रवेश कटुवाललाई नियुक्त गरेको छ । (एन्फा) का महासचिव किरण राईले कटुवाललाई नियुक्ति पत्र हस्ताण्तरण गरेका हुन् ।

यस अघि मुख्य प्रशिक्षकमा इटालीका भिन्सेन्जो अल्बर्टो अनेसे नियुक्त भईसकेका छन् । भारतको इन्डियन सुपर लिग र आइलिग क्लबको प्रशिक्षक रहेका अल्बर्टोले सोमबार युवा खेलाडीलाई समेटेर टिम निर्माण गर्ने बताएका थिए । यस्तै एन्फाले राष्ट्रिय टिमको गोलकिपिङ प्रशिक्षकमा विनोद डंगोललाई नियुक्त गरेको छ।