Monday, May 4News That Matters

राष्ट्रिय वृक्षारोपण दिवसको अवसरमा चौदण्डीगढीमा वृक्षारोपण

पूर्णपुष्टि,असार १४ । उदयपुरको चौदण्डीगढी नगरपालिकामा राष्ट्रिय वृक्षारोपण दिवस २०८०को अवसरमा वृक्षारोपण गरिएको छ । डिभिजन बन कार्यालय उदयपुरको आयोजना र सव डिभिजन वन कार्यालय बेल्टार र आँपखहरे सा.व.स चौदण्डीगढी नगरपालिका-६को सह-कार्ययमा वृक्षारोपण गरिएको हो ।

‘सन्ततिका लागि सोचौ, समृद्धि र हरियालीका लागि रुख रोपौँ’ भन्ने नाराका साथ चौदण्डीगढी नगरपालिकाका प्रमुख कालुमान लामाको प्रमुख आतिथ्यमा बिभिन्न करिव ४ प्रजातीका ५ सय विरुवाहरु रोपिएको आयोजकले जनाएको छ । कार्यक्रममा नगर प्रमुख लामाले मानिसको अस्तित्व बचाइराख्न वृक्षारोपण गरेर आफ्नो वरिपरिको वातावरण हराभरा बनाउनु पर्ने बताए । प्राकृतिक स्रोत साधनहरूको चरम दोहनले वातावरणमा प्रदुसीत साथै बन जंगल मासिने भएकोले यसलाई सम्पुर्ण नगरवासीहरुले संरक्षण गर्नु पर्ने बताए ।

आँपखहरे सा।व।स चौदण्डिगढी नगरपालिका ६मा अमला, बर्को, महोगनी, मसला आदि प्रजातिका विरुवाहरु रोपण गरिएको जनाएको छ । कार्यक्रम नगर उप–प्रमुख मनिका दुलाल,वडाअध्यक्ष, छिमेकी सा.व.का पदाधिकारी तथा उपभोक्ताहरूको उपस्थिति रहेको थियो।