
पूर्णपुष्टि, ३ असार ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले उदयपुरमा दोस्रो स्थापना दिवस भव्य मनाउने भएको छ । जिल्ला पार्टी संयोजक चित्र कुमार कार्कीका अनुसार स्थापना दिवसमा सरसफाई, बृक्षारोपण, चियापान सँगै भेटघाट तथा छलफल लगायतका कार्यक्रमहरु गरिने छ । सोमवार पार्टी कार्यालयमा पत्रकार भेटघाट गर्दै कार्यक्रमको तालिका सार्वजानिक गरेको छ ।

कार्यक्रम ३ गते देखी ७ गते सम्म ५ दिन लगतार चल्ले संयोजक कार्कीले जनाए । केन्द्रिय निर्देशन अनुसार जिल्ला पार्टी कार्यालयमा रहेको निर्वाचन क्षेत्र र पालिकाको समन्वयमा गरिने कार्यक्रम पत्रकार भेटघाट तथा छलफल सहित सोमवारदेखी सुरु भएको छ । बुधबार त्रियुगा नगरपालिका ५ देउरीमा सरसफाई गरिने छ भने ६ गते चुहाडेमा बृक्षा रोपन र ७ गते पार्टी कार्यालयमै चियापान गरी सम्पन्न गरिने छ ।
