Wednesday, June 17News That Matters

राष्ट्रिय स्वतन्त्र पार्टीका मन्त्रीहरू राजीनामा दिनबाट पछि हटे

पूर्णपुष्टि, असार २० । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँगको भेटपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का मन्त्रीहरूले राजीनामा दिने निर्णयबाट पछि हटेका छन्।

बिहीबार बिहान उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने र श्रममन्त्री डोलप्रसाद अर्याल प्रधानमन्त्री प्रचण्डलाई भेट्न बालुवाटार पुगेका थिए । प्रधानमन्त्रीले संसद् फेस गर्ने तयारीमा रहेको बताउँदै उनीहरूलाई साथ दिन आग्रह गरेका थिए।

रास्वपा संसदीय दलका प्रमुख सचेतक सन्तोष परियारले प्रधानमन्त्रीको संवैधानिक अधिकारलाई सम्मान गरेर राजीनामा नदिएको बताए। रास्वपाले प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत लिन र संवैधानिक अधिकार चाँडो प्रयोग गर्न आग्रह गरेको छ। पार्टीले बाँकी कुरामा आन्तरिक छलफल गर्ने जनाएको छ।