
पूर्णपुष्टि, असार १९ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का महामन्त्री मुकुल ढकालले पार्टीलाई रवि लामिछानेको मात्रै नभएर सबै स्वतन्त्र सोच राख्नेहरूको दल बनाउनुपर्ने बताएका छन्।
आज बिहानको बैठकमा ढकालले तयार पारेको प्रस्ताव पेश गर्न चाहेका थिए, तर सभापति रवि लामिछानेले रोके । ढकालले भने, “यो पार्टी अहिलेसम्म रविको पार्टी रह्यो, अब यसलाई सबै स्वतन्त्र सोच राख्नेहरूको दल बनाउँ भन्ने प्रस्ताव लगेको थिएँ, रविले राख्न दिनुभएन।” प्रस्तावमा पार्टीलाई राष्ट्रिय स्वतन्त्र पार्टी बनाउनु पर्ने कुरा उल्लेख छ।
