Thursday, June 18News That Matters

रास्वपाको स्थापना दिवसको अवसरमा रक्तदान

पूर्णपुष्टि,असार ७ । उदयपुरको कटारीमा राष्ट्रिय स्वतन्त्र पार्टीको स्थापना दिवसको अवसरमा रक्तदान कार्यक्रम सम्प्न्न गरेको छ । बिहिवार ‘रक्तदान जिवदान’ भन्ने मुलनाराका (रास्वपा) कटारी उदयपुरको अयोजनामा नगरपालिका ३ चिल्ड्रेन पार्कमा बृहत रक्तदान कार्यक्रम भएको हो ।

चिल्ड्रेन पार्कमा भएको रक्तदान कार्यक्रममा ४६ जनाले रक्तदान गरेको थिए । रास्वपाले स्थापना दिवसको अवसरमा बिभिन्न १४ वटै जिल्लाहरुमा बैठक, सरसफाई, रक्तदान तथा वृक्षरोपण कार्यक्रमहरु गरिरहेको आयोजकले जनाएको छ ।

यसै अवसरमा पार्टीले उदयपुरको क्षेत्र नम्बर २ स्तरीय क्षेत्रीय पार्टी कार्यालय उदघाटन गरेको छ । पार्टीका उदयपुर जिल्ला सह संयोजक तथा कोशी प्रदेस सदस्य अनिल श्रेष्ठ लगायत पार्टीका नेता कार्यकर्ताहरुको उपस्थितिमा कार्यालयको स्थापना गरिएको पार्टीका वडा नम्बर ४ का सभापति वेदप्रसाद पराजुलीले बताउनुभयो ।

पार्टीको क्षेत्रीय कार्यालयबाट यस क्षेत्रमा संगठन विस्तार लगायतकका कार्यक्रमहरु संञ्चालन हुनेछ । पार्टीले यस क्षेत्रमा पनि संगठन विस्तार र गतिविधिलाई तिव्रता दिईरहेको छ ।