Wednesday, June 17News That Matters

रियल बेटिसमाथि बार्सिलोनाको सहज जित

पूर्णपुष्टि, बैशाख १७ । स्पानिस ला लिगा लिग लिडर बार्सिलोनाले रियल बेटिसलाई सहजै हराएको छ । घरेलु मैदान नोउ क्याम्पमा शनिबार राती भएको खेलमा बेटिसलाई बार्सिलोनाले ०–४ गोल अन्तरमा जित हासिल गरेको छ ।

बर्सिलोनालाई जित दिलाउन आन्द्रेज क्रिस्टेनसेनले १४औं, रोबर्ट लेवान्डोस्कीले ३६औं र राफिन्हाले ३९ औं मिनेटमा गोल गरेका थिए भने एक बेटिसबाट गोल उपहार पाएको थियो । बेटिसका गुइडो रोड्रिगेजले ८२औं मिनेटमा आत्मघाती गोल गरेका थिए ।

बार्सिलोनाको लागी लामिन यामालले सबैभन्दा कम उमेरमा खेल्ने खेलाडीको किर्तिमान बनेका छन् । बार्सा एकेडेमी प्रडक्ट यामाल ८४औं मिनेटमा गावीको स्थानमा मैदान प्रवेश गर्दै डेब्यु गरेका हुन् । उनले १५ वर्ष २९० दिनको हुँदा बार्सिलोनाका लागि खेल्दै कीर्तिमान बनाए । यसअघि बार्सिलोनाका लागि खेल्ने सबैभन्दा कम उमेरको कीर्तिमान अंशु फातीको नाममा थियो । यस्तै यामाल ला लिगामा डेब्यु गर्ने पाँचौ कम उमेरका खेलाडी बने । ला लिगा खेल्ने सबैभन्दा कम उमेरको खेलाडी भने लुका रोमेरो हन् । उनले १५ वर्ष २१९ दिनको हुँदा २०२० मा रियल मड्रिडविरुद्ध डेब्यु गरेका थिए ।

यस जितपछि बार्सिलोनाले दोस्रो स्थानको रियल मड्रिडमाथि ११ अंकको अग्रता कायम नै राखेको छ । जितपछि बार्सिलोनाको ८२ खेलबाट ७९ अंक छ । अब लिगमा ६ चरणको खेल बाँकी हुँदा बार्सिलोनाले ३ खेल जितेमा उपाधि जित्नेछ ।