
९ पुष , बुधबार
कटारी /उदयपुरको कटारी नगरपालिका , ७ रतनपुरमा आज खानेपानी आयोजनाको उदघाटन गरिएको छ । नेपाल लोक कल्याण संघ (स्वान)को सहयोगमा र लालीगुराँस महिला विकास समिति रतनपुरको आयोजनामा निर्माण गरिएको खानेपानी आयोजनाको उदघाटन गरिएको हो ।
कुल १९ लाख ८२ हजार ८सय ५८ रुपैंया ५२ पैशाको लागतमा सम्पन आयोजनामा वडाले ६ लाख र ९लाख ९१ हजार ४ सय २९ स्वान मार्पmत अष्ट्रियाका नागरिकले सहयोग गरेका छन् । समितिका अध्यक्ष हिरामाया पाण्डेको सभापतित्व र वडाध्यक्ष धनबहादुर दनुवारको प्रमुख आतिथ्य र मूख्य सहयोगी स्वानमा आवद्ध अष्ट्रियन नागरिक अरनोष्डको टोलीहरु विशेष आतिथि रहेका थिए ।
रतनपुरका स्वानमा पथ प्रदर्शकमा कार्यरत मकरबहादुर मगरको सकृयतामा आयोजना सम्पन्न भएको हो । आयोजनाले १ सय घरधुरीका १५ सय जनसंख्या लाभान्वित हुनेछन् ।नजिकैको तावाखोलाको पानीलाई ईन्टेकमा जम्मा गरेर गाउँका धारामा बाँडिनेछ ।
