Tuesday, June 2News That Matters

रुखबाट लडेर १ जनाको मृत्यु

मोरङ, मंसिर २७ गते । 

मोरङको मिक्लाजुङमा रुखबाट लडेर एक जनाको मृत्यु भएको छ । मिक्लाजुङ गाउँपालिका–३ निबासी ८५ बर्षीय बेद प्रसाद लिम्बुको मृत्यु भएको हो ।

घर नजिकै रहेको टाँकीको रुखमा चढेर घाँस झार्ने क्रममा बिहिवार दिउँसो ४ बजे अचानक लडेर घाईते भएका लिम्बुको घरमै मृत्यु भएको प्रहरीले जनाएको छ । घटनाको थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।