
गाईघाट, फागुन १३ गते ।
काठमाण्डौँबाट दुर्लभ बन्यजन्तु रेड पाण्डा (हाब्रे)को छालासहित चार जना पक्राउ परेका छन् । बूढानीलकण्ठ नगरपालिका–१२ कपनको खरिबोटबाट सोमबार दिउँसो साढे ३ बजे रेड पाण्डाको छालासहित प्रहरीले पक्राउ गरेको हो ।
काठमाण्डौ निबासी कमला तामाङ, धादिङ निबासी सुकबहादुर लामा, कास्की निबासी युवराज सापकोट र सिन्धुली निबासी सूर्यबहादुर भुजेललाई रेड पाण्डाको छालासहित पक्राउ गरेको प्रहरीले जनाएको छ ।
भुजेलले बोकेको झोला भित्र निलो प्लाष्टिकले बेरेर राखेको अवस्थामा पाण्डाको छाला बरामद गरेको प्रहरीले जनाएको छ । पक्राउ परेकाहरुलाई थप अनुसन्धान गरीरहेको प्रहरीले जनाएको छ ।
