
पूर्णपुष्टि, कार्तिक ८
गुर्जो घरायसी औषधीको रुपमा प्रख्यात छ । यो रोग प्रतिरोधात्मक क्षमताको लागि निकै चर्चा चलेको औषधी पनि हो कोरोना भाईरसको माहामारीमा धेरै मानिसले घरायसी औषधीको रुपमा रोग प्रतिरोधात्मक क्षमता बृद्धिको लागि गुर्जो प्रयोग गरेको पाईन्छ । पछिल्लो समय मानिसहरुले रोग प्रतिरोधात्मक क्षमता बढाउने घरायसी जडिबुटीहरुप्रति चासो बढाउँदै गएको देखिन्छ ।

त्यसैमध्येको एक हो गुर्जो । नेपालमा अहिले गुर्जोको प्रयोग बढेको छ । हरेक पसलमा गुर्जो विक्री गर्न राखिएको पनि देखिन्छ । उपयुक्त हुने बताउँछन् । गुर्जो दैविक कालदेखि नै उल्लेखित जडिबुटी भएको र पछिल्लो समय वैज्ञानिक रुपमा अध्ययन गरिएका तथ्यहरुले पनि प्रमाणित गरिसकेको बताए ।
रगतमा हुने हेल्परटिसियल्सहरुको क्षमता बढाउने र शरीरमा हुने एन्टीजिन प्रोसेसलाई राम्रोसँग व्यवस्थित गर्ने गुण गुर्जोमा हुने उनले बताए ।

गुर्जोको प्रयोग धुलो बनाएर वा उमालेलर खान सकिन्छ ।
चिकित्सकहरुका अनुसार हरियो गुर्जो छ भने सानो एक टुक्क्रालाई थिचेर पानीमा उमालि छानेर चिया जस्तै खान सकिन्छ भने सुकेको गुर्जो भए धुलो बनाई पानीमा घोलेर वा त्यतिकै पनि एकचम्चा सम्म खान सकिन्छ । कोभिड १९ संक्रमणसँग लडनका लागि पनि गुर्जो प्रभावकारी हुने चिकित्सकहरुको भनाइ छ । त्यसैले कोभिड संक्रमण भएका मानिसहरुले समेत दिनमा दुई तीनपटक सम्म खान दिने चिकित्सकहरुले सल्लाह दिएका छन् । 




