Wednesday, June 24News That Matters

रोल्पामा थप १४ जना कोराना संक्रमण पुष्टि

पूर्णपुष्टि, जेठ २९ गते ।

रोल्पामा थप १४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । आज एक जनामा महिलासहित १४ जनामा संक्रमण पुष्टि भएको हो ।

संक्रमित सबै जना सुनिलस्मृति गाउँपालिकाको रहेको जनाईएको छ । योसँगै रोल्पामा संक्रमितको संख्या १७ पुगेको छ ।

संक्रमित हुनेमा सुनिलस्मृति गाउँपालिका–४ का १०, ८ न. वडाका ३ र ७ न. वडाका १ जना रहेको छ । उनीहरु सबै जना भारतबाट आई विभिन्न विद्यालयको क्वारेन्टिनमा बस्दै आएकाहरु रहेको जनाईएको छ ।