Monday, May 4News That Matters

रौतामाई ७ मा खहरे बाढिको कारण लाखौँको क्षेती

पूर्णपुष्टि,असार १९ । उदयपुरको रौतामाई गाउँपालिका–७ पुवारे डहरमा गए रातिको वर्षाका कारण खहरे बाढिले लाखौको क्षेती भएको छ । लगातार वर्षका कारण स्थानिय टेकवहादुर दुलाल सार्कीको करिब ४ रोपनी खेत,पाकेको मकै,धानको बीउ र भैसिको कटेरो पुरिएकोछ भने स्थानिय रामवहादुर सार्किको एउटा वङ्गुर सहित खोर पुरिएको हो ।

जिल्लाको धार्मिक तथा पर्यटकिय क्षेत्र जोडिने सडक बाटोको कारण मुर्कुची, पुवारे, डुम्रीथुम्का, रानिवास, तेलतेले जाँनेमा क्षेती पुगेको स्थानिय पिडितहरुले जनाए । मकै थन्काउँने बेला भएको र अव धान रोपाईको तयारीमा रहेको स्थानीयहरु धानको बीउ सहित खेत नै बाढिले पुरिदिए पछि किसानहरु पिडामा परेको टोल विकास समितिका अध्यक्ष नारायण वहादुर रायामाझि बताए ।

रौतामाइ गाउँपालिका अध्यक्ष विरेन्द्रकुमार आले रौतामाइ,७ का वडा अधक्ष मनोजकुमार राना र अस्थायी प्रहरी चौकी मुर्कुचि र टोल विकास समितिद्वारा क्षति भएको स्थलको अनुगमन गरि सडक डिभिजन कार्यलय लहान र निर्माण व्यवसायि संघलाई क्षति भएको स्थानलाइ सुधार गर्नको लागि पालिका अध्यक्ष विरेन्द्रकुमार आले र वडा अध्यक्ष मनोजकुमार रानाले एकैसाथ पहल गरेका छन ।

खहरे रोकथामको लागि पुर्व तयारी गरिनु पर्ने वताउदै समुदायलाइ रातको समयमा सुरक्षित स्थानमा वसोवास गर्न आग्रह गरेका छन् । सडक निर्माणको कारण क्षति भएको स्थानमा खेत र खहरे सुधार तथा वनाइदिने लहान सडक डिभिजन कार्यलयका इन्जिनियर सन्दिप दासले वताए ।