
पूर्णपुष्टि, जेठ ११ ।
उदयपुरको रौतामाई गाउँपालिकाको नवनिर्वाचित पालिका अध्यक्ष विरेन्द्रकुमार मगरले आजबाज पदभार सम्हालेका छन् । गठबन्धनबाट माओवादी केन्द्रका मगरले विजयी हाँसिल गरेका थिए ।
पदवहालीसंगै उनको पाँचवर्षे कार्यकाल सुरु भएको छ । पदवहालीको अवसरमा अध्यक्ष मगरले जनताको चाहना र भावना भन्दा टाढा नभई कार्यकाल सफलरुपले पुरा गर्ने प्रतिबद्धता ब्यक्त गरेका छन् ।

