
पूर्णपुष्टि, बैशाख १८ । उदयपुरको रौतामाई गाउँपालिकामा एकिकृत पाठयक्रम सम्बन्धि कस्टमाईज्ड तालिम सुरु भएको छ ।
रौतामाई गाउँपालिका भुट्टार शिक्षा, युवा तथा खेलकुद शाखाको आयोजनामा ५ दिने तालिम सोमवारदेखी संञ्चालन भएको हो । बुधबार सम्म संञ्चालन हुने तालिम पालिकाको ६ नं वडा कार्यालय चिसापानीमा भईरहेको छ । जाल्पा एकिकृत बिकास समाज र उदयपुर वल्र्ड भिजन इन्टरनेशनल नेपालको साझेदारीमा एकिकृत पाठयक्रम सम्बन्धि कस्टमाईज्ड तालिम गरिएको हो ।
