Tuesday, June 30News That Matters

रौनियार सेवा समाज उदयपुरको नयाँ कार्यसमिति सर्वसम्मत चयन

पूर्णपुष्टि सम्वाददाता 

उदमपुर, जेठ २३ ।

रौनियार सेवा समाज उदयपुरको अधिवेशन शनिबार गाईघाटमा सम्पन्न भएको छ। अधिवेशनले नयाँ कार्यसमिति सर्वसम्मत रूपमा चयन गरेको छ।
अधिवेशनबाट लालबाबु गुप्ता अध्यक्षमा चयन हुनुभएको छ। त्यसैगरी बिन्दा गुप्ता उपाध्यक्ष, रामानन्द गुप्ता सचिव तथा सन्तोष गुप्ता कोषाध्यक्षमा सर्वसम्मत चयन हुनुभएको छ।
समितिको सदस्यहरूमा दिपक रौनियार, कृष्ण प्रसाद गुप्ता, पंकज गुप्ता, श्याम बाबू साह तथा अशोक साह रौनियार चयन हुनुभएको छ।
नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरूले समाजको एकता, सामाजिक सद्भाव, शिक्षा, संस्कृति तथा समुदायको हकहितका विषयमा सक्रिय रूपमा काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।
अधिवेशनमा सहभागी वक्ताहरूले रौनियार समुदायको सामाजिक, शैक्षिक तथा आर्थिक उत्थानका लागि संस्थालाई अझ प्रभावकारी र सक्रिय बनाउँदै लैजानुपर्नेमा जोड दिएका थिए।
नवनिर्वाचित कार्यसमितिलाई अधिवेशनमा सहभागी सदस्यहरूले बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरेका छन्।