Saturday, June 6News That Matters

लकडाउन खुलेपछि एसईई र १२ को परीक्षा गराउन कार्यदलको सिफारिस

पूर्णपुष्टि, बैशाख १९ गते । 

लकडाउन खुलेको तीन हप्तापछि एसईई र कक्षा १२ को परीक्षा गर्न कार्यदलले सरकारलाई सिफारिस गरेको छ ।

आगामी बैशाख २५ गते लकडाउन खुले जेठ अन्तिम हप्तादेखि एसईई र १२ कक्षाको परिक्षा संचालन गर्न शिक्षा मन्त्रालयले राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष चन्द्रमणि पौडेलको अध्यक्षतामा गठन गरेको कार्यदलले सुझाव दिएको हो ।

एसर्ईर्ई र १२ को परीक्षा बिहान र दिउँसोको सिफ्टमा गर्न सकिनेसमेत कार्यदलले जनाएको छ । सामाजिक दुरी कायम गर्दै विद्यार्थी भर्ना सुरु गर्न सुझाव दिएको छ ।

यही वैशाख २५ गतेभित्र १–९ कक्षासम्मको नतिजा प्रकाशन गर्ने, २५ गतेपछि  सामाजिक दूरी कायम गर्दै भिडभाड नगरि भर्ना प्रकिया अगाडि बढाउने विद्यार्थीले आफ्नो घरबाट खाना खाएर परीक्षा दिन जान सक्ने गरी परीक्षा केन्द्र बनाउने प्रतिवेदनमा सुझाव छ ।

कार्यदलले हिजो शिक्षा मन्त्री गिरिराजमणि पोखरेललाई प्रतिवेदन बुझाएको थियो । मन्त्रि पोखरेलले प्रतिबेदन बुझेपछि कार्यान्वयनका लागी निर्देशनसमेत दिनु भएको छ ।