Thursday, May 21News That Matters

लकडाउन २५ गतेसम्म थपियो

पूर्णपुष्टि, बैशाख १४ गते । 

सरकारले लकडाउनको समय वैशाख २५गतेसम्म पु¥याएको छ । आज बसेको मन्त्रीपरिषद्को बैठकले कोरोनाको जोखिम कायमै रहेको भन्दै लकडाउनको समय २५ गतेसम्म पुर्याएको हो ।

उद्योग कलकारखाना सञ्चालनमा भने खुकुलो बनाइएको जनाईएको छ । नागरिकहरुको लागि लकडाउन पहिले जस्तै कडा नै हुन्छ । उद्योग खोल्नमा खुकुलो बनाउने निर्णय भएको छ ।

गत चैतको ११ गतेदेखि लकडाउन सुरु गरेको सरकारले अहिले तेस्रोपटक थपेर वैसाख २५ गतेसम्म पुर्याएको हो ।