Monday, April 20News That Matters

लकडाउनको उलंघन गर्दै माछामार्नेहरुलाई सशस्त्र प्रहरीले खेदायो

गाईघाट/बैशाख, ७

लकडाउनको उलघंन गर्दै खोलामा माछा मार्नेहरुलाइ सशस्त्र प्रहरीले लखेटेको छ । अहिले हिड्डुल नगर्न र धेरै जम्मा नहुन भनिएको अवस्थामा पनि स्थानीयहरु खोलाको छेउछाउमा भेला जम्मा हुने माछा मार्ने र पौडी खेल्ने गरेको पाइएको भन्दै त्यस्ताहरुलाई प्रहरीले निगरानी राखेको छ ।

सशस्त्र प्रहरी र नेपाल प्रहरीको संयुक्त टोलीले बजार भन्दा बाहिरको क्षेत्रमा रहेको स्थानीयहरु बाहिर डुल्ने र खोलामा जम्मा भइ माछा मार्ने पौडी खेल्नेहरुलाई सुझाव दिदै हिडेको छ ।

त्रियुगा नगरपालिका १२ बोटेटोल आसपासका स्थानीयहरु जम्मा भएर माछामार्ने गरेको पाइएपछि तत्काल टोलीले त्याहाँबाट खेदाएको थियो । भिँडभाँड, र हिड्डुल बन्द गर्न भनिएपनि भित्रि गाउँका स्थानीयहरु आँखा छली यस्ता क्रियाकलापमा लाग्ने भएको भन्दै बरुवा खोला त्रियुगा खोलाहरुमा निगरानी बढाइएको छ ।