Monday, August 17News That Matters

ललितपुरबाट गैंडाको खाक सहित ३ जना पक्राउ

पूर्णपुष्टि, जेठ ३ । ललितपुर महानगरपालिका ४ टिलटावर चोक नजिकबाट गैंडाको खाक सहित प्रहरीले तिन जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा चितवनको राप्ती नगरपालिका(५ भवानीपुर घर भई ललितपुर एकान्तकुना बस्ने २८ वर्षीय रोशन घिमिरे, २४ वर्षीय युवराज घिमिरे र धादिङको बेनिघाट रोराङ गाउँपालिका–२ घर भई काठमाडौँ नयाँ बजार बस्ने २८ वर्षीय वीरेन्द्र तामाङ रहेका छन् ।

गैँडाको खाग खरिदबिक्री गर्दै भईरहेको भन्ने विशेष सूचनाका आधारमा दुई सय ९७ मिलिग्राम तौल भएको गैँडाको खाग (ओखेटोपहार) सहित तीन जनालाई पक्राउ गरेको प्रहरी प्रधान कार्यालय, प्रहरी महानिरीक्षकको सचिवालय, केन्द्रीय प्रहरी समाचार कक्षले जानकारी दिएको छ । पक्राउ परेका तिनै जनालाई थप अनुसन्धान तथा कारबाहीका लागि डिभिजन वन कार्यालय गोदावरी ललिपुर पठाइएको प्रहरीले जनाएको छ ।