Wednesday, June 17News That Matters

लहरीको ठक्करबाट स्कुटी चालकको ज्यान गयो

पूर्णपुष्टि, कार्तिक १४
मोरङमा लहरीको ठक्कबाट एक जना स्कुटी चालकको ज्यान गएको छ । जिल्लाको सुन्दरहरैचा नगरपालिका–४ दुलारी स्थित पुर्व–पश्चिम राजमार्गमा लहरीको ठक्करबाट स्कुटी चालकको ज्यान गएको हो । सोही स्थानका ४५ वर्षीय श्याम लिङ्खाको ज्यान गएको छ ।
हिजो बेलुका पौने ६ बजे पश्चिम आउदै गरेको बिआर ५० गा ०३०६ नम्बरको भारतीय लहरीले विपरित दिशाबाट जादैँ गरेको को ३६ प २१७२ नम्बरको स्कुटरलाई ठक्कर दिई दुर्घटना भएको थियो ।
दुर्घटनामा गम्भीर घाईते भएका लिङ्खाको घोपा धरानमा उपचारको क्रममा बेलुका पौने ७ बजे ज्यान गएको हो । ठक्कर दिने लहरी प्रहरी चौकीको नियन्त्रणमा रहेको छ भने चालक फरार रहेकोले खोजतलास भईरहेको ईलाका प्रहरी कार्यालय बेलाबरीले जनाएको छ ।