
उदयपुर, माघ १४ गते ।
उदयपुरमा लागुऔषध दुव्र्यशन न्युनिकरणका लागि सचेतना अभिमुखिकरण कर्याक्रम सम्पन्न भएको छ । त्रियुगा नगरपालिका–२ मोथियाहीमा लागुऔषध दुव्र्यशन न्युनिकरणका लागि टोल स्तरिय सचेतना अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको हो ।
जिल्लामा लागुऔधष दुव्र्यशनी भयाबह बन्दैै गईरहेकाले यसको न्युनिकरण गर्नका लागि स्थानीय नागरिकलाई सचेत गराउने उद्देश्यका साथ टोल स्तरिय सचेतना अभिमुखिकरण कार्यक्रममा बृहत छलफल गरिएको थियो । उक्तमा सहभागिहरु टोल विकास समितिका अध्यक्षहरु, प्रमुख अतिथी, अतिथी, र स्थानीय सरोकारवालाहरुले प्रतिबद्धता हस्ताक्ष गरेका हुन् ।
यस अभियानमा २०६७ सालदेखि निरन्तर रुपमा लागि परेका अभियन्ता सागर नेपाललाई उच्च मुल्याङ्कन गर्दै सम्मान गरिएको थियो । उनलाई सम्मान पत्रका साथ खादा ओढाएर सम्मान गरिएको थियो ।
१ न. प्रदेशलाई धुम्रपान, मध्यपान र लागुऔषध निषेधित क्षेत्र बनाउनका लागि आगामी फागुनदेखि लागु हुने गरी १ न. प्रदेश सरकारका मन्त्रिपरिषदको निर्णयले गरेको १ न. प्रदेशका सांसद अम्बिका थापाले बताईन् ।
नेपालको ७७ जिल्ला मध्ये उदयपुर जिल्ला ५औं स्थाना परेकाले यसको सन्देश राम्रो नजाने भएकाले आगामी दिनमा लागु औषध दुव्र्यशनको क्षेत्रमा महत्वपुर्ण कार्यक्रम गरि न्युनिकरण गर्दै नियन्त्रण गर्नु पर्ने सांसद थापाले बताईन् ।
लागु औषध नियन्त्रण गर्नको लागि कार्ययोजना बनाएर अगाडी बढ्नु पर्ने सहायक प्रमुख जिल्ला अधिकारी भिम प्रसाद भट्राईले बताए । युवा शक्ति कुलतमा फस्नु भनेको मुलुकलाई घाटा हो । त्यसैले हाम्रा परिवार, टोल छिमेकका कुनै युवा कुलतमा फस्दैछ भने बेलैमा सचेत गराउन र कुलतबाट छुटकरा दिलाउनको लागि आ–आफ्नो ठाउबाट महत्व पूर्ण भुमिका खेल्न आग्रहसमेत गरेका छन् ।
जिल्लाको लागुऔषध दुव्र्यशनको तथ्याङ्क घटाउनको लागि स्थानीय निकाय, प्रदेश सरकार र नेपाल सरकारको कार्यक्रमहरुलाई एक्कै ठाउमा राखेर सम्पुर्ण सरोकारवाला निकायहरुले संयुक्त रुपमा प्रभावकारी कार्यक्रम गर्न सक्नु पर्ने भट्टराईले बताए ।
जिल्ला कारागार उदयपुरमा ५० प्रतिशत भन्दा बढि युवा त्यसमा पनि लागुऔषधसंग सम्बन्धित मुद्दामा संलग्न भएको जिल्लाप्रहरी कार्यलय उदयपुरका प्रहरी प्रमुख एसपी बिरबहादुर बुढा मगरले बताए । उनले भने ‘यस तथ्याङ्कले जिल्लाका युवाहरु लागु औषध दुव्र्यनीमा भयाबह रुपमा फसेको देखिन्छ ।’
त्रियुगा नगरपालीकालाई लागुऔषध दुव्र्यशन मुक्त वडा बनाउने उदेश्यले विद्यालय स्तरिय सचेतना कार्यक्रमसंगै टोलस्तरिय कार्यक्रम सम्पन्न भएको त्रियुगा नगरपालीका–२ का वडाध्यक्ष घमानसिंह खत्रिले बताए ।
