Tuesday, April 21News That Matters

लागुऔषध अफिमसहित २ जना पक्राउ

पूर्णपुष्टि, मंसिर २१
झापा मेचीनगर नगरपालिका–६ स्थित मेचीपुलमा लागुऔषध अफिमसहित दुई जना पक्राउ परेका छन् । भारत फ्रोजपुर का २५ वर्षीय केयर सिंह र भारत मौगा का २५ वर्षीय सुखजित सिंह लागुऔषधसहित पक्राउ परेका हुन् ।
हिजो बेलुका ४ बजे भारतबाट नेपाल आउदै गरेको उनीहरुलाई ईलाका प्रहरी कार्यालय काँकरभिट्टा र लागुऔषध नियन्त्रण ब्युरो काँकरभिट्टाबाट खटिएको प्रहरी टोलीले चेकजाँच गर्दा ११ ग्राम अफिम बरामद भएको थियो । पक्राउ परेका उनीहरुको ईलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट थप अनुसन्धान भईरहेको छ ।