
पूर्णपुष्टि, चैत १३
सुनसरीमा लागुऔषध कारोवारमा संलग्न एक महिलासहित चारजना पक्राउ परेका छन् । धरान उप–महानगरपालिका–१५ बाट लागुऔषध खैरो हेरोईनसहित चारैजना पक्राउ परेका हुन् ।
पक्राउ पर्नेमा धरान–१५ का २२ बर्षीय सुजन धमला,२५ बर्षीय बिधान आलेमगर र १९ बर्षीया मनुषा तामाङ रहेकी छिन् भने धरान–१७ का २१ बर्षीय अर्पण धमला रहेका छन् ।
बिशेष सुराकका आधारमा ईलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरी टोलीले पक्राउ परेका मध्ये बिधान आलेमगरको घरमा खानतलासी गर्दा कोठामा रहेका चारै जनालाई नियन्त्रणमा लिई कोठामा रहेको फ्रिज खोलेर हेर्दा उनिहरुले लुकाई राखेको ११ ग्राम लागुऔषध खैरो हिरोईन ब्राउनसुगर फेला परेको प्रहरीले जनाएको छ ।
कोठामा ब्राउनसुगर सहित पक्राउ परेका चारै जना उपर लागुऔषध मुद्दामा कानुनी कारबाही अगाडी बढाइएको छ । यस सम्बन्धमा थप अनुसन्धान भईरहेको ईलाका प्रहरी कार्यालय धरानले जनाएको छ ।
