
पूर्णपुष्टि, चैत्र १६ । लागुऔषध कोकिनसहित दुई भारतीय महिलालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारतीय नागरिक ४५ वर्षकी भल्लालामी र २९ वर्षकी इस्टर लालिम्पुरी रहेकी छन् ।
प्रहरीको लागूऔषध नियन्त्रण ब्यूरोले काठमाडौंबाट नयाँदिल्ली जान लागेकी भल्लालामीलाई १४ चैतमा पक्राउ गरेको हो । उनलाई प्रहरीले २ किलो ८८७ ग्राम कोकिन सहित पक्राउ गरेको हो ।
त्यस्तै १४ चैतमै लालिम्पुरीलाई ठमेलको एक होटलबाट प्रहरीले पक्राउ गरेको हो । उनलाई प्रहरीले ५ किलो कोकिनसहित पक्राउ गरेको ब्यूरोका प्रवक्ता एसपी चक्रराज जोशीले बताए । प्रवक्ता जोशीका अनुसार दुबै महिलाबाट बरामद भएको कोकिनको मूल्य १७ करोड, ३ लाख ५९ हजार २०० रुपैयाँ रहेको छ ।
