
पूर्णपुष्टि, माघ १०
मोरङमा लागुऔषध गाँजासहित एक जना पक्राउ परेको छ । जिल्लाको रतुवामाई नगरपालिका–८ डाँडागाँउका ४५ वर्षीय कृष्ण राई लागुऔषध गाँजासहित पक्राउ परेको हो ।
हिजो दिउँसो पौने १ बजे विशेष सूचनाका आधारमा ईलाका प्रहरी कार्यालय सिजुवाबाट खटिएको गस्ती टोलीले राईको घरमा खानतलास गर्ने क्रममा कोठा भित्र लुकाई छिपाई राखेको ५ के. जी. ३९० ग्राम लागुऔषध गाँजा प्रहरी टोलीले बरामद गरेको हो । बरामद गरीएको गाँजा र राईलाई ईलाका प्रहरी कार्यालय सिरुवाले नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको छ ।

