
पूर्णपुष्टि, साउन ३१
झापाको मेचीनगर नगरपालिका–६ स्थितबाट लागुऔषध ब्राउनसुगर सहित १ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा इलाम चुलाचुली गाउँपालिका–४ का ३३ बर्षीय सत्य नारायण याखा रहेका छन् ।
हिजो बेलुका इलाका प्रहरी कार्यालय काँकरभिट्टा र लागुऔषध नियन्त्रण ब्युरो काँकरभिट्टाबाट खटिएको प्रहरी टोलीले चेक जाँचको क्रममा १ ग्राम ८०० मिलिग्राम ब्राउन सुगर सहित उनलाई नियन्त्रणमा लिएको हो । पक्राउ परेका याखाको इलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट थप अनुसन्धान भईरहेको छ ।
