
पूर्णपुष्टि,चैत्र १५ । झापाको मेचीनगर नगरपालिका–६ मेची पुलबाट नियन्त्रीत लागुऔषध ब्राउनसुगर सहित दुई युवकलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा शिवसताक्षी नगरपालिका–१ का २४ बर्षीय प्रजन्त राई र नेपालगञ्ज उप–महानगरपालिका–६ घर भई बिर्तामोड–१ मा बस्दै आएका २१ बर्षीय सोहन भडेल रहेका छन् ।
लागुऔषध ओसार पसार भईरहेको भन्ने बिशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय काकडभिट्टा र लागुऔषध नियन्त्रण ब्युरो काकडबिट्टाबाट खटिएको प्रहरी टोलीले उनिहरुलाई पक्राउ गरेको हो । भारतबाट नेपाल तर्फ मे १० प ३८०७ नम्बरको स्कुटरमा आउँदै गरेका राई र भडेललाई ४ ग्राम लागुऔषध ब्राउनसुगर सहित प्रहरीले मंगलवार दिउँसो पक्राउ गरेको हो । लागुऔषध सहित पक्राउ परेका दुबै जनाको सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
