Wednesday, August 5News That Matters

लागुऔषध ब्राउनसुगर सहित १ जना पक्राउ

पूर्णपुष्टि, कार्तिक २७ गते ।

झापाको बुद्धशान्ति गाउँपालिका–३ स्थितबाट प्रतिबन्धित लागुऔषध ब्राउनसुगर सहित १ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा कचनकवल गाउँपालिका–१ झापा घर भई बुद्धशान्ति–३ मा बस्दै आएका ३१ बर्षीय मोहमद हुसेन रहेका छन् ।

हिजो राती ९ बजे लागुऔषध नियन्त्रण व्युरो काकरभिट्टा, इलाका प्रहरी कार्यालय धुलाबारी र बुधबारेबाट खटिएको प्रहरी  टोलीले चेकजाँचको क्रममा हुसेनको साथबाट १०२ ग्राम ब्राउन सुगर बरामद गरेको हो ।प्रहरीका अनुसार मेचीनगर–८ का बिकाश राजबंशीको कोठामा लुकाई राखेको २५ ग्राम २५० मिलि ग्राम ब्राउ सुगर र डिजिलट तराजु १ थान समेत बरामद भएको छ । बिकाश राजबंशी घरकोठामा नरहेकोले खोजी कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । पक्राउ परेका हुसेनको इलका प्रहरी कार्यालय धुलाबारीबाट थप अनुसन्धान भईरहेको छ ।