Tuesday, June 9News That Matters

लागुऔषध ब्राउनसुगर सहित ६ जना पक्राउ

पूर्णपुष्टि,पुष २४

बिहिवार लागुऔषध ब्राउनसुगर सहित झापाको दुई छुट्टाछुट्टै स्थानबाट ६ जना पक्राउ परेका छन् ।

ईलाका प्रहरी कार्यालय धुलावारीबाट गस्तिमा खटिएको प्रहरी टोलीले हिजो राती साँढे ६ बजेको समयमा ३ जनालाई ब्राउनसुगर सहित पक्राउ गरेको हो । पक्रउ पर्नेमा मेचीनगर नगरपालिका–१४ बाट स्थानीय ३० बर्षीय धनवर राजवंशी, भद्रपुर नगरपालिका–११ का ३३ बर्षीय हरी राजवंशी र गौरादह नगरपालिका–९ का निराजन पौडेल रहेका छन् । प्रहरीले उनिहरुको साथबाट ३ ग्राम लागुऔषध ब्राउनसुगर बरामत गरेको छ ।

यसैगरी ईलाका प्रहरी कार्यालय सुरुङगाबाट खटिएको प्रहरी टोलीले बिहिवार राती साँढे ७ बजे समयमा ३ जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा शिवसताक्षी नगरपालिका–१० बाट स्थानीय २३ बर्षीय गोपी शर्मा, बनियानी गाँपालिका–६ का २६ बर्षीय मदन मैनाली र फत्तेपुर गाउँपालिका–१ सप्तरीका १७ बर्षीय अम्बर बराल रहेका छन् । प्रहरीले उनिहरुको साथबाट ९ ग्राम लागुऔषध ब्राउनसुगर बरामत गरेको छ ।

लागुऔषध सहित पक्राउ परेका उनिहरुको सम्बन्धमा थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।