
पूर्णपुष्टि, चैत २ । झापाको बिर्तामोड नगरपालिका–४ स्थितबाट प्रतिबन्धित लागुऔषध ब्राउन सुगर र नक्कली नोट सहित प्रहरीले दाजुभाईलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा स्थानिय २४ बर्षीय सुवास ताजपुरिया र उनको भाई १९ बर्षीय प्रविण ताजपुरीया रहेका छन् ।
हिजो बेलुका बिशेष सुचनाको आधारमा बिर्ताबजारबाट खटिएको प्रहरी टोलीले सुवास ताजपुरियाको घर कोठा खानतलासी गर्दा ४ ग्राम ३९० मिलिग्राम ब्राउन सुगर, नाईट्राजेपान २८ ट्यावलेट, नक्कली नेपाली नोट हजार रुपैयाको ८८ थान, पाँच सयको २ थान, अष्ट्रेलियन नोट एक सयको ३ थान, अन्य देशहरुको नोट ११ थान, सक्कली नेपाली रुपैया ३ हजार र मे.५ प.९७९७ नम्वरको मोटरसाईकल सहित उनिहरुलाई पक्राउ गरेको हो ।
लागुऔषध ब्राउन सुगर र नक्कली नोट सहित पक्राउ परेका दाजुभाईको इलाका प्रहरी कार्यालय अनारमनीबाट थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
