
पूर्णपुष्टि,चैत्र ३० । उदयपुरको त्रियुगा नगरपालका–३, मिलन चौकबाट लागुऔषध सहित युवकलाई प्रहरीले पक्राउ गरेको छ । बुधवार प्रहरीले शंका लागी चेक जाँच गर्ने क्रममा त्रियुगा नगरपालिका–१०का २२ बर्षीय समिर भन्ने दीप बहादुर मगरलाई प्रहरीले पक्राउ गरेको हो ।
उनको साथबाट प्रतिबन्धित लागुऔषध बुप्रिनोर्फिन १६ एम्पुल ,डाईजेपाम १६ एम्पुल र फेनार्गन १६ एम्पुल गरी जम्मा ४८ एम्पुल सहित प्रहरीले बरामद गरेको थियो । पक्राउ गरेका मगरलाई जिल्ला प्रहरी कार्यालय उदयपुरमा ल्याई जिल्ला अदाल उदयपुरबाट थप ५ दिनको म्याद थप गरी अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय उदयपुरेले जनाएको छ ।
