
सुनसरी, भाद्र २३
सुनसरीमा लागुऔषधसहित एक जना पक्राउ परेको छ । कोशी गाउँपालिका–३ का ३९ बर्षीय मोहमद हुसेन मन्सुरी लागुऔषध सहित पक्राउ परेको हो ।
हिजो दिउसो ३ बजे कोशी गाउँपालिका–३ झोला बोकी हिडिरहेका मोहमदलाई नियन्त्रणमा लिई चेकजाँच गर्दा उनले बोकेको झोला भित्र लुर्काइ छिपाई रखेको अवस्थामा डाईलेक्स डिसी ५० बोतल, नाईट्रसुन ५ सय ट्याब्लेट र स्पास्मो प्रोक्सिभोन २ सय ८८ क्यापसुल बरामद गरिएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।
पक्राउ परेका मोहमदमाथी थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

