
सुनसरी, असोज १६
सुनसरीमा लागुऔषधसहित दुई जना पक्राउ परेका छन् । धरान–१ पुरानो बजारबाट दुई जना लागुऔषध सहित पक्राउ परेका हुन् ।
विशेष सुराकका आधारमा हिजो राती पौने ९ बजे ईलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरी टोलीले २३ बर्षीय गणेश राउत र ४३ बर्षीय निरज भट्टराईलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।
उनिहरुकै कोठाबाट नियन्त्रणमा लिई कोठामा खानतलासी गर्दा लुकाई छिपाई राखीएको २० बोतल डाइलेक्सडिसी, ३ सय ६ क्याप्सुल स्पामो टोक्सिभन, ४ क्याप्सुल नाईट्रोजन र नगद ९७ हजार रुपैया समेत बरामद गरिएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।
पक्राउ परेका दुबै जना सोही स्थानमा कोठा भाँडा लिएर बस्दै आएको खुल्न आएको प्रहरीले जनाएको छ । पक्राउ परेकाहरुमाथी थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

