
पूर्णपुष्टि, पुष २६
झापाको मेचीनगर नगरपालिका–१० स्थितबाट लागुऔषध ब्राउन सुगरसहित दुई जना पक्राउ परेका छन् । मेचीनगर–१० का ३२ वर्षीय बिक्रम प्रसाई र मेचीनगर–९ का ४४ वर्षीय संजय खडका पक्राउ परेका हुन् ।
हिजो बेलुका साढे ४ बजे इलाका प्रहरी कार्यालय धुलाबारीबाट खटिएको प्रहरी टोलीले बिक्रम राईको घरको भान्सा कोठा भित्र बसिरहेको अवस्थामा दुवै जनालाई लागुऔषध ब्राउन सुगर ५ ग्राम, डिजिटल तराजु १ थान, नगद १९ हजार ५ सय रुपैयाँसहित नियन्त्रणमा लिएको हो । पक्राउ परेका प्रसाई र खडकाको इलाका प्रहरी कार्यालय धुलाबारीबाट थप अनुसन्धान भईरहेको छ ।
