
झापा, चैत्र १६
झापा भद्रपुरबाट लागुऔषधसहित दुई जना पक्राउ परेका छन् । भद्रपुर नगरपालिका–१० भृकुटी चौकबाट लागूऔषध ब्राउन सुगर कारोबार गर्ने २ जनालाई पक्राउ गरेको हो ।
आईतबार दिउसो साढे २ बजे जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएको प्रहरी टोलीले किनबेच गर्न लागेको अबस्थामा १६ ग्राम ९ सय ३० मिली ग्राम लागूऔषध ब्राउन सुगर सहित स्थानीय ३९ बर्षीय माईक मर्डि र कचनकवल ६ बस्ने २१ बर्षीय रोशन मगरलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।
लागुऔषधसहित पक्राउ परेकाहरुमाथी थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
