
मोरङ, चैत्र २१
झापा र मोरङको छुट्टा छुट्टै स्थानबाट शुक्रबार लागूऔषध सहित २ जनालाई पक्राउ परेका छन् ।
झापाको दमक नगरपालिका–४ का २३ बर्षीय सुमन धिमाल र सुनसरी ईटहरी–२ का २५ बर्षीय अमृत मग्राती लागुऔषधसहित पक्राउ परेका हुन् ।
वडा प्रहरी कार्यालय भद्रपुरबाट खटिएको प्रहरी टोलीले भद्रपुर नगरपालिका–५ झिम्की चौकबाट धिमाललाई फेनारगन २० एम्पुल, डाईजेपाम २० एम्पुल र लुपिजेसिक २० एम्पुल सहित पक्राउ गरेको प्रहरीले जनाएको छ ।
त्यस्तै ईलाका प्रहरी कार्यालय रानीबाट खटिएको प्रहरी टोलीले बिराटनगर–१६ दरैयाबाट मग्रातीलाई एभिल ३ एम्पुल, लुपिजेसिक ३ एम्पुल, डाइजाल्याप ३ एम्पुल र फेनारगन ३ एम्पुल सहित नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।
लागुऔषधसति पक्राउ परेकाहरुमाथी थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।
