
भदौ ५ गते ।
काठमाण्डौ–निजगढ द्रुत मार्गको विस्तृत आयोजना प्रतिवेदन (डिपीआर) स्वीकृत भएको छ । नेपाली सेनाको ताकेतापछि स्वीकृत भएको डिपीआरपछि यसमा बन्ने पुल र सुरुङ निर्माणको प्रक्रिया अघि बढाउन सहज हुने भएको हो ।
बहुचर्चित फास्ट ट्रयाकको लम्बाई ७२ किलो मिटर रहेको छ । अव टेन्डरको लागि केहि दिनमा कागजपत्र तयार हुने जनाईएको छ । पुल र सुरुङ बाहेका निर्माण कार्यले पनि गति लिने सेनाले जनाएको छ । फास ट्रयाक २०७९ सालको साउनमा तयार हुने सेनाको प्रस्तावित डीपीआरमा कर सहित १ खर्ब ७५ अर्ब रुपैयाँ लाग्ने उल्लेख छ ।
आयोजनको सम्पन्न गर्ने समयसीमा अलिकति महत्त्वाकाङ्क्षी रहेको सेनाले जनाएको छ । केहि छापामा डिपीआरमा पुल र सुरुङ बारे उल्ले नभएको कुरा आएपनि पहिला नै उल्लेख गरको सेनाले जनाएको छ । द्रुतमार्गमा पर्ने ८७ मध्ये १६ वटा पुल जटिल प्रकृतिका हुने जनाईएको छ ।
फस ट्रयाकको डीपीआरमा ८७ वटा पुल र ३ वटा सुरुङ मार्ग आवश्यक रहेको उल्लेख छ । यसमा १६ वटा पुल जटिल प्रकृतिको र धेरै उचाइको तथा अन्य प्राविधिक जटिलतासहित बनाउनु पर्ने सेनाले जनाएको छ । ७२ किलोमिटरको फास ट्रयाकको पुल मात्रै ११ किलोमिटरको हुनेछ ।
अब सेनाले प्राविधिकहरूमार्फत् नेपाली बनाउन सक्ने पुलको पहिचान गर्ने जनाईएको छ । फास ट्रयाको ३ वटा सुरुङको लम्बाई साढे ६ किलो मिटर रहेने छ ।
