Friday, May 22News That Matters

लिग लिडर बार्सिलानालाई भालेकानोले हरायो

पूणपुष्टि, बैशाख १४ । स्पानिस ला लिगामा लिग लिडर बार्सिलोनालाई भालेकानोले हराएको छ । बुधबार राती घरेलु मैदानमा भएको खेलमा बार्सिलोनालाई भालेकानोले १–२ गोल अन्तरमा हराएको हो ।

भालेकानोकालाई जित दिलाउन अल्भारो गार्सिया र फ्रान्सिस्को गार्सियाले समान १–१ गोल गरे । खेलको १९औं मिनेटमा अल्भारो गार्सियाले गोल गर्दै राभोलाई अग्रता दिलाएका थिए भने ५३औं मिनेटमा फ्रान्सिस्को गार्सियाले गोल गर्दै अग्रता दोब्बर पारे ।

दुई गोलले पछि परेको बार्सिलोनाका लागी ८३ औं मिनेटमा लेवान्डोस्कीले गोल गरेपनि त्यसपछि गोल गर्न नसकेपछि शिर्ष स्थानको बार्सिलोनाले हार टार्न सकेन् । लिग लिडर बार्सिलोनाले दोस्रो स्थानको रियलमाथि १४ अंकको आग्रता बनाउने मौका गुमाएको छ भने ११ अंकले अघि छ । बार्सिलोनालाई हराएको राभो भालेकानो ३१ खेलबाट ४३ अंकसहित नवौँ स्थानमा उक्लिएको छ भने लिगमा अब ७ चरणका खेल खेल्न बाँकी छ ।