Thursday, June 11News That Matters

लिम्चुङबुङमा गठबन्धनको अध्यक्ष उम्मेदवार मेजर राईको बाँसबोटेमा र उपाध्यक्ष पुष्पलाल राईको बलम्तामा मतदान

पूर्णपुष्टि, वैशाख ३० ।
लिम्चुङबुङ गाउँपालिकामा गठबन्धनतर्फको पालिका अध्यक्ष उम्मेदवार मेजरकुमार राईले विहान ११ः१५ बजे मतदान गरेका छन् । उनले लिम्चुङबुङ–१ बाँसबोटे स्थित बरभन्ज्याङ, आधारभुत विद्यालय केन्द्रबाट मतदान गरेका हुन् । गठबन्धनका उपाध्यक्ष उम्मेदवार पुष्पलाल राईले १२ : ०० बजे मतदान गरेका छन् । उनले वडा नं. ४ स्थित बलम्ता मावि केन्द्रबाट मतदान गरेका हुन् ।