Wednesday, June 3News That Matters

लिम्चुङबुङमा भएको ट्याक्टर दुर्घटनामा चालकको ज्यान गयो

पूर्णपुष्टि, चैत्र १०
उदयपुरको पहाडी पालिका लिम्चुङबुङमा ट्याक्टर दुर्घटना भएको छ । दुर्घटना सँगै चालकको ज्यान गएको छ । बुधबार अन्दाजी १ बजेको समयमापालिकाको ३ नं वडा स्थित हात्ती अड्के भन्ने ठाउँमा ना ६ त ९६५० नम्बरको ट्याक्टर आफै अनियन्त्रित भई दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।

प्रहरीका अनुसार सडकबाट अन्दाजि ३०० मिटर तल ट्याक्टर खसी दुर्घटना हुँदा उक्त ट्याक्टर चालक मकवानपुर हेटौडाका अन्दाजि वर्ष २८ को राजेन्द्र प्रजाको ज्यान गएको हो । दुर्घटनामा परेका चालक प्रजालाई ईप्रका लिमचुङबुङबाट खटिएको प्रहरी सहायक निरिक्षकको टोलिले उद्दार गरी उपचारको लागि जिल्ला अस्पताल गाईघाट पठाए पनि प्रजाको उपचारकै क्रममा ज्यान गएको थियो ।