Wednesday, April 22News That Matters

लिम्चुङबुङ्गको प्राथमिकतामा कृषी र पर्यटन

पूर्णपुष्टि, असार १२ । उदयपुरको लिम्चुङबुङ गाउँपालिकाले नयाँ बजेट तथा कार्यक्रममा पर्यटन प्रवद्र्धन र कृषिलाई विशेष प्राथमिकता दिएको छ । “ग्रिन लिम्चुङबुङ क्लिन लिम्चुङबुङ” नारासहित पर्यटन प्रवद्र्धनमा विशेष कार्यक्रमहरु ल्याएको पालिका ध्यक्ष मेजरकुमार राईले बताउनुभयो ।

उहाँका अनुसार पर्यटकलाई आकर्षित बनाउन र ब्यवस्थित खान, बस्न, डुल्नका लागि होमस्टे ब्यवसाय प्रोत्साहन कार्यक्रम, होमस्टे सञ्चालन तालिम, होमस्टे सञ्चालकलाई अध्यायन, अवलोकन कार्यक्रम ल्याएको छ । त्यस्तै पालिका क्षेत्रका होटलहरुमा सफा र स्वच्छ भान्साघर तालिम कार्यक्रम र पर्यटक उपचार तथा उद्धार कोषसमेत कार्यक्रमको रुपमा अघि सारेको छ ।

त्यसैगरी लिम्चुङबुङ पर्यटन डकुमेन्ट्री प्रतिष्पर्धा पुरस्कार कार्यक्रम, लिम्चुङबुङ पर्यटन नयाँ गन्तब्य प्रवद्र्धन भ्लगर प्रतियोगिता पुरस्कार कार्यक्रमसमेत ल्याएको छ । पालिकाको दिगो पर्यटन विकासको विशेष कार्यक्रम ल्याएको पालिकाले जनाएको छ ।