
पूर्णपुष्टि, असोज १४
कोरोना महामारीका कारण उत्पन्न असामान्य परिस्थितिलाई दृष्टिगत गरी कम्पनीहरुको लेखा परीक्षण प्रकृयालाई चुस्त राख्न सरकारले नयाँ निर्देशिका जारी गरेको छ ।
लेखा परीक्षणमान बोर्डले कोरोना लगायत विषम परिस्थितिका बेला कस्ता मापदण्डका आधारमा लेखा परीक्षण गर्ने भनी हालै एक निर्देशिका जारी गरेको हो ।
कोरोना महामारीका बेला अडिटरलाई प्रमाण संकलनमा समस्या हुन सक्छ । त्यसैले वैकल्पिक विधिहरु अपाउने भन्ने कुरा तय गरिएको बोर्डले जनाईएको छ । असामान्य परिस्थिति भएका कारण लेखा परीक्षणका दौरान थप सजगता अपनाउनुपर्ने भएकाले विस्तृत निर्देशिका जारी गर्नु परेको जनाईएको छ ।
अर्थ मन्त्रालयले गठन गरेको लेखा परीक्षणमान बोर्डमा अर्थ मन्त्रालय, महालेखा परीक्षक, चाटर्ड एकाउन्टेन्ट एवं रजिस्टर्ड अडिटर्सका संस्थाहरुको प्रतिनिधित्व हुने गर्दछ ।

