Sunday, June 14News That Matters

वकिल तामाङ ज्यानमार्ने उद्योगमा दोषी ठहर

पूर्णपुष्टि, वैशाख २७ । गाईघाट ।
उदयपुरका एक वकिल ज्यान मार्ने उद्योगमा दोषी ठहर भएका छन् । जिल्ला अदालत उदयपुरबाट वकिल इन्द्र तामाङ आज दोषी ठहर भएका हुन् ।
छिमेकी एक बालकलाई मरनासन्न हुनेगरी कुटपिट गरेका तामाङविरुद्ध ज्यान मार्ने कसुरमा मुद्दा थियो । टाउकोमा गम्भिर चोट लाग्नेगरी निर्ममरुपले ढुङ्गा प्रहार गरेका उनलाई जिल्ला मुख्य न्यायधीश कृष्णप्रसाद सुवेदीको इजालसले दोषी ठहर गरेको हो ।
अदालतका श्रेष्तेदार धनबहादुर कार्कीका अनुसार तामाङलाई जेठ १७ गते सजाय निर्धारण तोकिएको छ । उक्तदिन दोषी तामाङलाई सजाय के कति हुने बारेमा तोकिने जनाइएको छ । अदालतबाट न्यायको महशुस भएको पिडित पक्षको प्रतिक्रिया छ । बालककी आमा सम्झाना तामाङले अदालतबाट न्याय मिलेको बताइन् ।