
पूर्णपुष्टि, जेठ २९ गते ।
खोटाङको एसेलुखर्कका एक वडा कार्यालयमा स्थानीयहरुले ताला लगाएको छ ।
वडा कार्यालयको भवन निर्माणका क्रममा वडाध्यक्ष सन्तवीर तामाङले आफुखुसी गरेको भन्दै ४ वडा सदस्य र स्थानीयले बुधबार ऐसेलुखर्क गाउँपालिका–२ बाकाचोलको वडा कार्यालयमा ताला हो ।
भवन निर्माणका लागि चार वडा सदस्यलाई थाहै नदिइ उपभोक्ता समिति गठन गरिएको, भवन कस्तो बनाउने भन्ने इन्जिनियरिङ इस्टिमेट नबनाइएको, हालसम्म भवन बनाउने जग्गा छनौट नभएको, अघिल्लो योजनामा पदाधिकारी रहेर हालसम्म योजना सञ्चालन गरिरहेका व्यक्तिलाई समेत भवन निर्माण उपभोक्ता समितिमा पदाधिकारी राखिएको भन्दै उनीहरुले वडा कार्यालयमा ताला लगाएका हुन् ।
भवन निर्माणका क्रममा भएका कमजोरी नसच्याएसम्म ताला नखुलाइने वडा कार्यालयमा टाँसिएको विज्ञप्तिमा उल्लेख छ । गाउँपालिकाबाट विनियोजन गरिएको २५ लाख बजेटबाट बाकाचोलमा वडा कार्यालयको भवन निर्माण गर्न लागिएको हो ।
यसअघि पनि वडाध्यक्ष तामाङको कार्यशैलीमाथि प्रश्न उठाउँदै गत पुस ७ गते वडासदस्य जयकुमार तामाङले वडा कार्यालयमा लगाएको ताला गाउँपालिका अध्यक्ष बिश्वनाथ निरौला, उपाध्यक्ष पुष्पकला भुजेल लगायतको उपस्थितिमा सहमतीमा पुस १४ गते खुलाइएको थियो ।
