
पूर्णपुष्टि, चैत ६
बैतडीका एक वडाध्यक्ष होटलबाट पक्राउ परेको छ । दोगडाकेदार गाउँपालिका–७ का वडाध्यक्ष भरत महरा एकजना महिलासँग शङ्कास्पदरूपमा भेटिएका हुन् ।
होटलमा शङ्कास्पदरूपमा भेटिएका वडाध्यक्ष र ती महिलालाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । उनीहरु दुवैलाई शुक्रबार बिहान करिब ३ बजे स्थानीय खोचलेक बजारको एक होटलको कोठाबाट नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।
उनीहरु दुवैजना कोठामा रहेको भन्ने जानकारी वडाअध्यक्ष महराकी श्रीमतीले पाएपछि प्रहरीलाई खबर गरेकी थिइन् । उनीहरुलाई जिल्ला ल्याउदै गरेको प्रहरीले जनाएको छ ।
