पूर्णपुष्टि, ७ साउन ।
त्रियुगा नगरपालिकाले बडिविल्डर दिलिप चौधरीलाई नगद सँगै सम्मान तथा बधाई ब्यक्त गरेको छ । मंगलबार नगर प्रमुख वसन्त वस्नेतको कार्यकक्षमै चौधरीलाई सम्मान गरिएको हो ।
बिभिन्न खेलाडी तथा त्रियुगा नगर युवा तथा खेलकुद विकास समितिको उपस्थितिमा चौधरीलाई सम्मान तथा बधाई ब्यक्त गरिएको खेलाडी अरुण चौधरीले जनाए ।
चौधरीका अनुसार नगद रु २१ हजार सम्मान पत्र सहित दिलिपलाई त्रियुगा नगरपालिकाले सम्मान गरेको हो । चौधरी भर्खरै काठमाण्डौँमा भएको नरेश सुर्या क्लासिक नेपालको अन्तराष्ट्रिय प्रतियोगितामा सहभागी भएका थिए । उनले त्यस प्रतियोगितामा बडिविल्डर तर्फ दोस्रो स्थान र फिजिकल क्लासिक तर्फ भने पहिलो स्थान प्राप्त गरेका थिए । चौधरी झापामा आयोजित दोस्रो मिस्टर कंचनजंघकाको बिजेता पनि हुन् । उदयपुर स्थित त्रियुगा १२ निवासी चौधरी गाईघाटमा रहेको डि।एन। वी क्लवमा आवद्ध छन् ।
