
पूर्णपुष्टि, भदौ ३
चीनले यस वर्षको अन्तिमसम्ममा कोरोना भाइरस विरुद्धको खोप बजारमा ल्याउने घोषणा गरेको छ । चीनीया कम्पनी सिनोफार्मले खोपको तेस्रो चरणको परीक्षण चलिरहेको र यो वर्षसम्मको अन्त्यमा बजारमा आइसक्ने घोषणा गरेको अन्तराष्ट्रिय संचारमाध्यमहरुले जनाएको छ ।
सिनोफार्म कम्पनीले बनाइरहेको खोपको तेस्रो चरणको परीक्षण संयुक्त अरब इमिरेट्स यूएईमा चलिरहेको छ । सिनोफार्मका प्रमुख लिउ जिंगझेन आफैँले पनि परीक्षणका लागि खोप लागएको र अहिलेसम्म कुनै नकारात्मक असर नगरेको जनाईएको छ ।
बेइजिङ र वुहानमा एक वर्षमा क्रमश १०.२ करोड र १० करोड डोज खोप उत्पादन गर्ने प्रयोगशाला रहेको चीनले दाबी गरेको छ । यो खोप दुई डोज लगाए बापत एक हजार युआन अर्थात एक हजार ७ सय रुपैयाँ पर्नेछ ।
अहिले विश्वमा करिब २ सय वटा कोरोना भाइरस विरुद्धको खोपको परीक्षण चलिरहेको छ भने २० भन्दा धेरै मानव परीक्षणको चरणमा रहेका जनाईएको छ ।
