
पूर्णपुष्टि/उदयपुर, साउन १८ ।
खडेरीकाे चपेटामा परेकाे उदयपुर <span;>तीनदिन यता वर्षात सुरु भएपछि यहाँका कृषकहरुले राहत महशुस गरेका छन् ।
खडेरीले धान राेप्न नपाएका र राेपिएका खेतसमेत सुकेकाेमा राहत महशुस गरिएकाे हाे ।
खडेरीले ३० प्रतिशत बढि खेत बाँझै थिए । हालकाे वर्षाले खेत भिज्न पाएकाे छ । कृषकले धान राेप्ने माैका छाेपेका छन् । धान राेप्ने सिजन भने अन्तिम भईसकेकाे छ । अहिले राेपेर बेलैमा राेपिएकाे धानकाे जस्ताे उत्पादन भने अपेक्षा गर्न नमिल्ने कृषि प्राविधिकहरुकाे भनाई छ ।
तीनदिनअघि दिउसाे ३ घण्टा वर्षात भएकाे थियाे । त्यसयता दुई रात वर्षात भएकाे हाे ।
खाेलामा बाढी र सतर्कता
यसैबीच गएराती त्रियुगा र बरुवाखाेलामा जलमापन सतर्कता तह पार हुनेगरी बाढी आएकाे छ । याे वर्षकाे वर्षा सिजनकाे पहिलाे बाढी हाे । माैसम विज्ञान विभागले राती २ : ०० बजे मापन गर्दा सतर्कता तह पार गरेकाे पाएपछि सर्वसाधारणलाई सतर्कता अपनाउन सुचित गरेकाे छ । “त्रियुगा र बरुवाकाे तटीय क्षेत्र र डुवान भईरहने क्षेत्रका बासिन्दाहरुले विहानसम्म सतर्कता अपनाओैं” माेवाईल एसएमएस सुचनामा भनिएकाे छ । बाढी बढ्दाे क्रममा रहेकाे जनाईएकाे छ ।
विहान भने बाढी घटेकाे पाईकाे छ भने उज्यालाे भएसंगै वर्षात कम भएकाे छ । सिमसिम पानी भने परिरहेकाे छ ।

