
पूर्णपुष्टि, चैत १७
वायु प्रदूषण तिव्र रुपले बढ्दै गएपछि आजदेखि देशभरका विद्यालय चार दिन बन्द भएका छन् ।
तिव्र रुपले वायु प्रदूषण बढेपछि देशभरिका सवै विद्यालय चार दिन बन्द गर्ने सरकारले निर्णय गरेको हो ।
शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठको अध्यक्षतामा मन्त्रालयमा बसेको आकस्मिक बैठकले बढ्दो वायु प्रदूषणबाट विद्यार्थीलाई थप जोखिम रहेको भन्दै आजदेखि शुक्रवारसम्म सम्पूर्ण शिक्षण संस्था बन्द गर्ने निर्णय गरेको मन्त्रालयले जनाएको छ ।
सरकारको यो निर्णयपछि केही निजी विद्यालयले भने अनलाइनमार्फत पठनपाठन गराउने तयारी गरेका छन् । विद्यालय चार दिन बन्द भए पनि पूर्वनिर्धारित तालिकाअनुसार परीक्षा भने सञ्चालन हुने मन्त्रालयले जनाएको छ ।
